हेटौंडा । मकवनपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१० स्थित टिसीएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा उर्गेन दोङले जमलिङ ब्याण्डमा ८ वटा गीत प्रस्तूत गरेका छन् । दोस्रो बृहत् खेलकुद कृषि तथा पर्यटन महोत्सवको दशौँ दिन गायक उर्गेन दोङ्गले जम्लिङ्ग व्याण्डको समूहसँग आफ्नो ८ वटा सांगीतिक प्रस्तुति दिएका हुन् ।

गायक उर्गेन दोङ्गले जमलिङ ब्याण्डको समूहसँग मिलेर व्याण्डको प्रस्तुति गर्दै आफ्नो ८ गीत गाएर दर्शकको घुइची ल्याएका हुन् । उनले म झुटो तिमी साँचो, लजालु मायाले गाँजलु, तामाङ सेलोको गीत, टाढा भएपनि मेरो माया गाढा, दुई दिनको माया, तामाङ दाइ, तिमी नाँच है ? र यो सैयालाई गीत गाउँँदा दर्शकहरूको भिड बढेको थियो । सुरुवाती चरणमै दोङ्गले गीत गाउन सुरुवात गर्दा दर्शकहरुको उत्साह बढ्दै गएको थियो । दोमको जामलिङ ब्यान्ड प्रस्तुतिमा टिकटको दर . ३ सय रुपैयाँ तोकिएपनि उल्लेखनीय रूपमा दर्शकहरूकाे सहभागिता रहेको थियो ।

खेलकुद महोत्सवमा भोलि चर्चित गायिका रचना रिमाल। र प्रीति पासवानको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । महोत्सव अन्य विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति आयोजकले जनाएको छ । खेलकुद महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी