हेटौंडा । नेकपा एमाले निकट संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेशको अध्यक्षमा रोहित कोइराला निर्वाचित भएका छन् । शुक्रबार झापा जिल्लाको दमक नगरपालिकामा भएको दोस्रो ऐतिहासिक अधिवेशनबाट कोइराला सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अधिवेशनले कोइरालाको अध्यक्षतामा ३५ सदस्य कमिटी निर्वाचित भएका छन् । खेलकुद महासंघको उपाध्यक्षमा भीम लिवाङ र महिला उपाध्यक्षमा सृजना भुजेल सर्वसम्मत चयन भएका छन् । सचिवमा हेमन्त सुवेदी, उपसचिवमा सुरज साँवा र कर्ण थापा चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा सुरज गिरी चयन भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्