रोशन दिप – हेटौडा ४ नारायणी मलमा रहेको एनएस सिनेमा हलमा भोलि शुक्रवार पुस १५ देखि नेपाली मुवी ‘डिसेम्बर फल्स’ प्रदर्शन हुँँदैछ ।
आर्यन सिक्देल केही समयको अन्तरालपछि यो फिल्ममार्फत आउँदैछन् भने उपासना सिङ ठकुरी पछिल्लो समयकी सफल अभिनेत्री हुन् । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मको ट्रेलर, गीत र टिजरले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ ।
प्रवीण झाद्धारा निर्देशित मुवीमा आर्यन र उपासनाले यो फिल्ममार्फत पहिलोपटक पर्दामा सहकार्य गर्दैछन् भने सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।
रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित मुवीको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।
टिकट लिनको लागि एन एस सिनेमाको चौथो तल्लामा रहेको काउन्टरमा जानसक्नु हुने छ । हलको संपर्क नम्बर ०५७-५२०९४९ अग्रिम बुकिङ्ग गर्न सकिने एनएस सिनेमा हलका संयोजक किशोर राज पौडेलले बताए ।























प्रतिक्रिया दिनुहोस्