Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

एक्सपर्टद्वारा १९ वर्षमा एक लाख जनालाई परामर्श सेवा

  • नेपालका शिक्षित युवाद्वारा सञ्चालित शैक्षिक परामर्श केन्द्र ‘एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस’ले विगत १९ वर्षमा एक लाखभन्दा बढीलाई परामर्श सेवा दिएको छ । विश्वका विभिन्न १५ देशमा कार्यालय स्थापना गरी ५० भन्दा बढी शाखाबाट सो सेवा दिइएको हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिएर विदेशी कलेजसँग जोड्ने काम एक्सपर्टले गर्दै आएको छ । सर्भिसेसका निर्देशक सागर अर्यालका अनुसार एक्सपर्टले मुख्यरूपमा अष्ट्रेलिया, क्यानडा र बेलायत जाने धेरै विद्यार्थीलाई सेवा दिएको छ । एक्सपर्टको अष्ट्रेलियाका प्रमुख सहरमा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । यस्तै भारत, श्रीलङ्का, बङ्गलादेश, हङ्कङ, अफ्रिका, थाइल्याण्डलगायतका देशमा एक्सपर्टका शाखा रहेको र ती शाखामा सात सयभन्दा बढी कर्मचारीले सेवा दिँदै आएका उहाँले बताउनुभयो । एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीका अनुसार चितवनसहित नेपालका प्रमुख सहरमा कार्यालयमार्फत यो सेवा दिइएको छ । मुख्यरूपमा १० जोड दुई उत्तीर्ण गरेका बिद्यार्थी शैक्षिक परामर्शका लागि धेरै आउने गर्दछन् । यससँगै स्नातक र स्नातकोत्तरपछि पनि उच्च शिक्षाका लागि विद्यार्थी आउने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने धेरै विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिने संस्थामा एक्सपर्ट अग्रणी मानिन्छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै एक्सपर्ट फाउण्डेशन स्थापना गरी समस्यामा परेकाहरूलाई सहयोग पु¥याउँदै आएको छ । विसं २०७२ को गोरखा भूकम्पका पीडितलाई सो फाउण्डेशनले रु सात लाखभन्दा बढीको राहत बितरण गरेको थियो । यस्तै रु १० लाख लगानी गरेर सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गरेको थियो । गएको कोभिडको लहरसँगै नेपालका अस्पतालमा रु ६० लाखभन्दा बढी खर्च गरेर अक्सिजन कन्सन्टेटर र सिलिण्डर वितरण गरेको थियो । विदेशमा अध्ययनमा रहेका विद्यार्थीलाई कोभिडको समयमा एक लाख ५० हजार अष्ट्रेलियन डलर सहयोग गरेको एक्सपर्टले जनाएको छ । बाढीपहिराको समयमा पनि एक्पर्टले सहयोग गर्दै आएको छ । फाउण्डेशनले जनचेतनामूलक र खेलकुद क्षेत्रमा पनि सहकार्य गर्दै आएको छ । निर्देशक अधिकारीले भन्नुभयो, “हामीले परामर्श दिएका विद्यार्थीलाई कुनै अप्ठ्यारो नपरोस् भन्ने कुरामा हामी सजग छौँ ।” एक्सपर्टका सञ्चालकहरूले नेतृत्व गरेर प्रमुख सहरमा काम गरेकाले सेवा प्रभावकारी बनेको यससँग परामर्श लिएका विद्यार्थीहरू बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology