आगामी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको नेताहरुले दावी गरिरहेका छन् ।
मकवानपुरमा नेताहरुको प्रतिस्पर्धामा निर्वाचन रोचक बन्ने देखिएको छ भने जिल्लामा चुनावी सरगर्मी बढेको छ। मकवानपुरका नेताहरु चुनाव जित्ने रणनीतिमा छन् ।
दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र १ मा १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्र समेत गरी १० जनाको उम्मेदवारी परेको छ ।नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना), राप्रपाका नेता दीपकबहादुर सिंह र राप्रपा त्यागेर राप्रपा नेपाल पार्टीका अध्यक्ष बनेका कमल थापा आगामी निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् ।
यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफुहरुलाई मलाई साथी चाहिएको बताएका छन्।
सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनतालाई मालिक भन्नेहरु चुनावमै देखिने उल्लेख गर्दै लिङदेन जनताकै काम गर्ने भनेर एक पटक परिक्षणकालागि विजयी गराउन आग्रह गरे ।
संसदमा पुगेर काम गर्नका लागि मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहको आवास्यक रहेको बताए ।
लिङदेनले भने एक पटक जाँचेर हेर्नुस । यसपटक मत दिनुस् अर्को पटक हामी मत माग्दैनौ कामले मत प्राप्त हुन्छ।
संसदमा साथी चाहिएको छ । कांग्रेस एमाले माओबादीमै बसेर पनि हलोमा भोट हाल्न पाइन्छ ।














प्रतिक्रिया दिनुहोस्