हेटौंडा उपमहानगरको मेयर मिना कुमारी लामाले स्थानिय सरकारले नागरिकहरुलाई अरु केही दिन नसके पनि उपभोग्य खाने पानी दिन सक्नुपर्ने बताएकी छिन् ।
हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी ब्यबस्थापन बोर्ड कार्यालय हेटौंडामा खाने पानीको महसुल एनएमवी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति भएसंगै उनले यस्तो बताएकी हुन्
मंगलबार पत्रकार सम्मेलनमा महसुल अनलाइन मार्फत इ एनएमबि एपको उद्धघाटन गरिएसंगै कार्यक्रमकाृ प्रमुख अतिथी लामाले
बिभिन्न स्थानमा खानेपाीकै निमित्त लडाइ समेत भइरहेको अवस्था भएसंगै पानीका स्रोेत, मुहान, खोलानाला सुक्दै गईरहेको बेलामा पानीको संरक्षण गर्दैउपभोग योग्य बनाउने तर्फ लाग्नुपर्ने बताइन् ।
जलस्रोतको धनी स्थानमा रहेर पनि खानेपानी कै लागि यति धेरै संकट परेको अवस्थामा समस्या समाधान आवाश्यक रहेको बताएकी हुन् ।
बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षत हेटौंडा उपमहानगरको मेयर मिना लामाके प्रमुख आतिथ्यतामा इ एनएमबि एपको उद्धघाटन गरिएपछि उक्त एप मार्फत खनेपानि उपभोक्ताहरुले आफुलाई पाएक पर्ने समयमा सहजै बिल भुक्तानी गर्न सकिने बताइएको छ।













प्रतिक्रिया दिनुहोस्