Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

अब सवारी अनुमति पत्र तीन दिनमै !

तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र वितरण गरिसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश सरकारले अतिरिक्त समयमा यातायात कार्यालय सञ्चालन गर्न सहज हुनेगरी २०७८ फागुन २६ गते कार्यविधि बनाएको थियो । सोही कार्यविधिअनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आफू मातहतका सवारी चालक अनुमतिपत्र लिने कार्यालय बिहान ७ बजेदेखि सञ्चालन सुरु गरेको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव इञ्जिनियर उमेश रुपाखेती बागतमी प्रदेशले यातायात कार्यालयबाट दैनिकरुपमा प्रवाह हुने सेवाग्राहीको विवरण दैनिकरुपमा सार्वजनिक गर्ने तयारी गरेको बताउनुहुन्छ । “सेवाग्राहीसँग प्रत्यक्ष जोडिने कार्यालय यातायात कार्यालयको सुधारका लागि बागमती प्रदेश कार्यालय लागेको छ”, उहाँ भन्नुहुन्छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङ, हेटौँडा, जगातिलगायतका कार्यालयले आज बिहान ७ बजेदेखि सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदान सुरु गरे पनि सवारी चालक अनुमतिपत्र एकान्तकुना, चाबहिलले छिट्टै सेवा प्रदान गर्ने बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल बताउनुहुन्छ । मन्त्री दाहाल यातायात कार्यालयभित्र देखिएको अस्तव्यस्तता हटाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि कार्यविधि बनाएर बिहानैदेखि कार्यालय सञ्चालन सुरु गरेको बताउनुहुन्छ । “उपत्यका बाहेकका अरु जिल्लाका सेवाग्राही काठमाडौँभित्र सेवा लिन आउन नपरोस् भन्ने उद्देश्यले उपत्यका बाहिर पनि सवारी चालक अनुमतिपत्र कार्यालय खोल्न लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ । सेवाग्राही १० बजेदेखि यातायात कार्यालय सञ्चालन हुने भएकाले ७ बजेदेखि नै कार्यालय आएर लाइनमा बसेको अप्ठ्यारो अवस्थालाई महसुस गरेर बिहान ७ बजेदेखि नै कार्यालय सञ्चालन सुरु गरेको उहाँको भनाइ छ । मन्त्री दाहाल अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भत्ताकोसमेत व्यवस्था गरेको बताउनुहुन्छ । आज बिहान सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङमा सेवा लिन आउनुभएका नागार्जुन नगरपालिका–२ का सेवाग्राही रामबहादुर श्रेष्ठ यति चाँडो लाइसेन्सको काम हुन्छ भन्ने विश्वास आफूलाई नलागेको बताउनुहुन्छ । “यस्तो सेवा सधैँ प्रदान गर्नसके यातायात कार्यालयप्रति सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ”, उहाँ भन्नुहुन्छ । सोही कार्यालयमा सेवा लिन आउनुभएका डडेलधुराका वीरेन्द्र साउद पछिल्लो समय यातायात कार्यालयले दिने सेवाप्रति आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलोभ¥याङका निमित्त प्रमुख सञ्जय थापा यातायात क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुहुन्छ । “हरेकले आफू कर्मचारीमात्र नभएर सेवाग्राहीको नजरबाट हेर्नसके यातायात क्षेत्रमा सुधार आउँछ”, उहाँ भन्नुहुन्छ । ठूलोभ¥याङले दैनिक तीन सय जनालाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै आएको छ । दैनिक सात सय नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता, एक सय ५० नवीकरण, दुई सयको राजस्व सङ्कलन र ५० जनालाई प्रतिलिपि प्रदान गर्दै आएको छ । यस्तै हप्ताको पाँच सय जनाको लिखित परीक्षा सञ्चालन गर्दै आएको कार्यालय प्रमुख थापा बताउनुहुन्छ । ठूलोभ¥याङले सवारी चालक अनुमतिपत्रका लागि चन्द्रागिरि नगरपालिकाको गुर्जुधारास्थित भेहिकल एकेडेमीबाट प्रयोगात्मक परीक्षा गराउँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology