हेटौंडा। अधिवक्ता अप्सरा बस्नेतको नाम बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा सिफारिस गरिएको छ । मकवानपुर जिल्ला बार एशोसिएसनकी निर्वमान अध्यक्ष समेत रहेकी अप्सरा बस्नेतको नाम मङ्गलबार मुख्य न्यायाधिवक्ताको लागि नाम सिफारिस गरेको छ ।

मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्दै आएका दोलखाका अधिवक्ता सुकदेव काफ्लेको राजीनामापछि बस्नेतको नाम पहिलो मुख्यन्यायाधिवक्ताको लागि सिफारिस गरिएको जनाइएको छ। बस्नेत नेपालकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्न लागेको जनाइएको छ। उनलाई आइतबार शपथ ग्रहण गराइने छ ।