पछिल्लो २४ घण्टामा १६ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा बिहीबार २२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ३ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा मृत्यु शून्य रहेको छ।
बिहीबार मात्र २२० जनाले कोरोना जितेका छन् भने एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्। अहिले देशभर चार हजार ३७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो




















प्रतिक्रिया दिनुहोस्