हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेका छन् । आइतबार ५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, थानाभर्‍याङबाट प्रहरीले ४ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेका हुन् ।

हेटौंडा–११,स्थित थानाभर्‍याङको गुम्बाटोलमा लागुऔषध कारोबार भई रहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्दा शंकास्पद अवस्थामा बसिरहेका अवस्थामा ३७ वर्षीय संजिव वाईबा र हेटौंडा–१ चौकीटोल बस्ने २८ वर्षीय को निखिल गोले लामालाई फेला पारेर रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागू औषध खेरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ ।

लागूऔषध सहित निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटांैडाबाट लागूऔषध सम्बन्धी कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।