हेटौंडा ।  मकवानपुर प्रहरीले विशेष सूचनाका आधारमा हेटौंडामा सञ्चालन गरेको सुरक्षा जाँचका क्रममा प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार बिहान करिब ११ बजेर ४५ मिनेटको समयम वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–९ सिर्जनाटोलमा बसेर आएको सूचनाको आधारमा छापा मार्दा वडा नम्बर-४ निवासी ३६ वर्षीय संजोग पौडेलको साथबाट खैरो हेरोइन जस्तो देखिने १ ग्राम ८० मिलिग्राम धुलो पदार्थ बरामद गरेको हो ।

प्रहरीले बरामद सामग्रीसहित पौडेललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

रातो समाचार संवाददाता
थप जानकारी