Rato Samachar
Wed, 23 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

  • लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साँफे–मार्तडी सडकखण्डको पहिराबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी यही साउन १७ गते भएको सहमतिअनुसार बिहीबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । बुढीगंगा नगरपालिका, स्थानीय जग्गाधनी र सडक डिभिजन कार्यालय साँफेबीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो । नगरपालिकाले थालेको जग्गाधनीसँगको छलफलपछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् । उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गतेमात्र लिखित सहमति गरिसकेका छन् । निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिनमार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताउनुभयो । स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजीकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको हो । बल्देकै अवरोधका कारण साँफे–मार्तडी सडक बर्सेनि बर्खायाममा चार महिना अवरुद्ध हुने गरेको छ । बल्देको घुम्तीबाट बल्दे आटीचौर सडक भएर कन्र्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरोप्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकाले गाउँमाथिबाट सडक लैजान दिने सहमति गरिएका स्थानीयको भनाइ छ । सडकले मुआब्जा दिएकोभन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ । सडक निर्माणकै कारण सिङ्गो अम्कोट बस्ती नै उठिबास हुने गरी पहिराको जोखिममा रहेकाले पुरानै रुटमा थप जमिन काटेर बाटो निर्माण गर्न नदिने अडान स्थानीयको छ । वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि यातायातका साधन नियमित सञ्चालन हुने यहाँका स्थानीयमा आशा पलाएको छ । वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिराले अवरुद्ध सडक सञ्चालन हुने छ । सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालीन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने देखिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापासहितको टोलीले नै राजमार्गको रुट नफेरिने गरी अर्को विकल्प खोज्न दिएको निर्देशनपछि सडक डिभिजन कार्यालयले डिपिआर तयार पारिसकेको छ । तर डिभिजन कार्यालयले तयार पारेको डिपिआर मन्त्रालयमै थन्किएको छ । रु १२ करोड लागत अनुमानसहित थप चार किलोमिटर मार्ग निर्माणको फाइल पाँच वर्षदेखि मन्त्रालयमा थन्किएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवको भनाइ छ । सडक निर्माण सकिएको दुई वर्षपछि पैमाको पहिराका कारण राजमार्ग सडक भत्किन थालेको हो । निर्माण भएको दुई वर्षसम्म राजमार्ग नियमित सञ्चालन भए पनि पछिल्लो ६ वर्षदेखि उक्त सडक वर्षाका कारण अवरुद्ध हुँदै आएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology