लागूऔषध गाँजासहित पक्राउ परेका प्रताप सिंह मोक्तानलाई मकवानपुर प्रहरीले सार्वजानिक गर्दै ।

हेटौंडा । मकवापुर प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । सोमबार ७ बजेर १९ मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले १३ किलोग्राम लागूऔषध गाँजासहित हेटौंडा–३ का प्रताप सिंह मोक्तानलाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ल्याउँदै गरेको खबर प्राप्त हुनसाथ विशेष सूचनाको आधारमा जम्बुडाँडाबाट लेवटतर्फ आउँदै ना.६३ प २५६१ नम्बरको स्कूटरको सुरक्षाजाँच गर्ने क्रममा स्कुटरको अगाडी पट्टी जेब्राको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा मोक्तानको साथबाट प्रहरीले लागूऔषध गाँजा फेला पारेको थियो । स्कूटर लागूऔषधसहित मोक्तानलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुर मुद्दामा  हिरासदमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।