हेटौंडा । पछिल्लो समयमा रौतहट जिल्लाको क्षेत्र नम्बर–३ मा विभिन्न पार्टी परित्यागगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । रौतहट जिल्लास्थित फतुवा विजयपूर वडा नम्बर–९ का सुरेन्द्रप्रसाद चौधरीले एमाले पार्टी परित्यागरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । रौतहट क्षेत्र नम्बर–३ मा जनताको भावना र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेकपाबाट उम्मेद्वार बनेका पुनम यादवले अघि सारेको विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका एजेन्डाले मतदाता मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई समेत आकर्षित गरिरहेको बताइएको छ ।
यही क्रममा फतुवा विजयपुर नगरपालिका–९ का वडा प्रत्यासी सुरेन्द्र प्रसाद चौधरीले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक प्रवेश गरेका हुन् ।उनलाई पुनम यादवले टिका तथा माला लगाएर स्वागत गरेकी थिइन् । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्