फलामे डन्डी उद्योगीहरूले सरकार निर्देशनअनुसार विवरण बुुझाउन अटेर गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यही चैत ८ गते फलामे डन्डीको मूल्य बढ्नुुको कारणसहितको विवरण पेस गर्न दिएको निर्देशन दिए पनि त्यसको पालना हुन नसकेको हो । विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले विभागको निर्देशन अनुसार दुुई÷तीनवटा उद्योगीले बाहेक कसैले पनि मूल्य बढ्नुुको कारणसहितको विवरण बुुझाएका छैनन् ।

उहाँका अनुसार नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले आफ्ना तर्फबाट पठाएको विवरण त्यति चित्तबुुझ्दो नभएपछि विभागले एसोसिएसनमा आबद्ध उद्योगीलाई आआफ्नो उद्योगको मूल्यको विवरण बुझाउन निर्देशन दिएको हो ।

उहाँले भन्नुभयो, “अर्को निर्देशन दिएको पनि १५ दिन भयो तर जगदम्बा र हिमाल स्टिल उद्योगबाहेक अन्यको विवरण आएको छैन ।” बजार निरीक्षक अधिकृत पौडेलले अन्तर्राष्ट्रिय मूल्यको बहाना बनाएर मौज्दात सामानको मूल्य बढाउनु कानुन विपरीत भएकाले विभागबाट उद्योगीसँग खरिदका बिलसहितका विवरण माग गरिएको बताउनुभयो । तोकिएको समय सीमाभित्र विवरण नआएमा कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले उद्योगीलाई हतोत्साही गर्नु सरकारको चाहना नभएको भन्दै एक÷दुई दिनभित्र यथार्थ विवरण विभागमा पेस गर्न निर्देशन दिएको दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै अटेर गरिरहेमा ती उद्योगीलाई वैशाखको पहिलो सातादेखि अनुगमन कानुनी कारबाही थाल्छौँ ।”

नेपालमा फलामे छड वा डन्डी उत्पादन गर्ने उद्योगको सङ्ख्या २१ वटा रहेका छन् । पछिल्लो पटक छड र डन्डीको मूल्य वृद्धिले गर्दा सानादेखि ठूला निर्माणका आयोजना प्रभावित भएको र मौज्दात छडमा समेत उद्योगीले बढी पैसा लिएको भन्दै विभागमा उजुरीका चाङ नै छन् ।

उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । उद्योगहरूले डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यस्तो कच्चा पदार्थ पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमै महँगो भएको बताउँदै आएका छन् ।

डन्डीको भाउ अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएको तर कति बढ्नुपथ्र्यो र कति बढाइयो भन्ने मात्रै अहिलेको खोजीको जनाएको छ । पछिल्ला दुईरतीन महिनामा डन्डीको भाउ प्रतिकेजीमा ३५ देखि ४० रुपियाँसम्म बढेको छ ।