हेटौंडा । जिल्ला प्रहरी कार्यालय महोतरीले सोमबार साँझ ठूलो परिमाणमा अवैध चोकेडा र चकलेट बरामद गरेको छ।
प्रहरीका अनुसार, शनिबार राति ११:३० बजे समस्ती गाउँपालिका–७, मण्डल टोलीमा अवैध चोकेडा र चकलेट राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले कार्यवाही गरेको थियो। घटनास्थलबाट १०५० क्विन्टल (२९ बोरा) चोकेडा र ३६ कार्टुन चकलेट बरामद गरिएको छ।
बरामद सामानको मूल्य करिब ९ लाख ५१ हजार रुपैयाँ रहेको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि सामान जलेशक भन्सार कार्यालय महोतरी पठाएको जानकारी दिएको छ।














प्रतिक्रिया दिनुहोस्