हेटौंडा । हेटौंडा-८,स्थित कमानेमा भएको पहिलो संस्करणको ८ ए साइड महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम उपविजेता भएको छ । शनिबार चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा आयोजक कमाने फुटबल एकेडेमीसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमीको महिला टिम उपविजेता बनेको हो ।
प्रतियोगिताको उपविजेता फुटबल एकेडेमीले ३० हजार रुपैयाँ र उपाधि विजेत आयोजकको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट स्टाइकर फुटबल एकेडेमीकी सुस्मिता घिसिङ र मिड्फिल्ड सुशीला केसी घोषित हुँदै २ हजार रुपैयाँ प्राप्त गरेका छन्।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा चितवन जिल्लास्थित भरतपूर महानगरपालिकाको अम्बासडोर्स फुटबल क्लबलाई २–० गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले फाइनलको यात्रा तय गरेको थियो ।
बिहीबार भएको क्वार्टरफाइनल चरणको दोस्रो खेलमा चितवन जिल्लाको हेल्पफुल साइमन स्पोर्टस् क्लबलाई १–० गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले आन्तिम ४ मा प्रवेश गरेको थियो । प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ ।


















प्रतिक्रिया दिनुहोस्