रोशन दिप – मकवानपुरको मनहरी गाउँपालिकामा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ।

फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म सिमपानी खेल मैदानमा महोत्सवमा हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने मेलामा वडा ७ र ८का विभिन्न खेल मैदानहरुमा भलिबल , फुटबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्स प्रतियोगिता हुनेछ। जसमा विजेता र उपविजेतालाई नगद, ट्रफी, र प्रमाणपत्र प्रदान गरिने छ ।

२०० स्टलहरू हुने सो मेला पालिकाको स्थानीय खेलाडीहरूको पहिचान गरी खेल तथा मनोरञ्जनको क्षेत्रलाई अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो भने एक लाख दर्शकको सहभागिता रहने अनुमान रहेको मनहरीका खेलकुद विकास समिति संयोजक विरु लामाले बताए ।