हेटौंडा । बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईंले मानव अधिकारको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएकि छिन्  । अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश, गैरसरकारी संस्था महाँसंघ नेपालको संयुक्त आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथी चापागाईंले यस्तो बताएकी हुन्  ।

आफू १३ वर्षको उमेरदेखि नै विभिन्न सामाजिक गतिविधिमा सेवामुखी भएर काम गरिरहेको र खान बस्न ,  आराम गर्न पाउनु नै मानव अधिकार हो भन्ने बुझाइ रहेको समाजलाई वास्तविक मानव अधिकार बुझाउन जरुरी रहेको उपसभामुख  चापागाईंको भनाइ  छ । यति मात्रै मानव अधिकार नभएर  स्वास्थ्य शिक्षा रोजगारीदेखि विभिन्न स्थापित संरचनाहरूमा पनि हरेक किसिमको ऐन र कानुनले दिएको सबै अधिकार प्रयोग गर्न पाउनु  मानव अधिकारमा पर्ने बताएकी हुन् ।
आवाज उठाउन सक्ने बोल्ने र पहुँच हुनेले मात्र अधिकार पाइरहेको अवस्थामा मानव अधिकारका विषयमा हरेक बस्ती बस्तीमा जानकारी पुर्याउनुपर्ने उपसभामुख  चापागाईंको भनाइ छ । मानव अधिकार उलंघनका घटना धेरै भएकाले  कार्यक्रमको सभा हलभित्र प्रवेश गर्नेहरू बोल्ने र पहुँच हुने  भएकाले  बाहिर स्थानमा हुने र आफू भित्र रहेका कुराहरु उठाउन नसक्नेलाई पनि समेटेर अधिकार दिलाउन जरुरी रहेको बताइन् ।
बागमती प्रदेश सभामुखको हैसियतले काम गरिरहँदा प्रदेश र  नागरिकको हितमा सदैव काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन् । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईं गर्दा कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाबुराम अधिकारी, इन्सेक बागमती प्रदेशका प्रमुख शिव प्याकुरेल, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका कार्यबाहक अध्यक्ष कमल कुमार विस्वकर्मा लगाएतले मानव अधिकार र  प्रभाव बारे सुनाएका थिए ।
जिल्ला अध्यक्ष रमिला सापकोटाले कार्यक्रम सन्चालन गरेकी हुन भने बागमती प्रदेशका बिभिन्न मन्त्रालय र मकवानपुर जिल्ला स्तरका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।
…………………………………………………………
सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र को स्मरणमा हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । यसअघि हिजो मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ ।

रातो समाचार संवाददाता
थप जानकारी