छठ सेवा समाजकी नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरिँदै ।

हेटौंडा । बिर्तामोडस्थित छठ समाज सेवा समितिको पद हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै छठ सेवा समाज समितिको अध्यक्षमा चयन भएकी संगीता रौनियारलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । छठ समाज सेवा समितिको १६ औं अधिवेशनबाट संगीता रौनियार अध्यक्षामा चयन भएका कार्य समितिको पदाधिकारीलाई पनि जिम्मेवारी प्रदान गरिएको छ । समातिको वरिष्ठ उपाध्यक्षमा राजकुमार शाह, उपाध्यक्षद्वयमा मनोजकुमार शाह र अनन्तलाल महत्तो चयन भएका छन् । सत्रुघनप्रसाद गुप्ता र कृष्णा श्राफ र नरेश साह सदस्य लेखा समितिमा चयन भएका छन् ।

यस्तै, महासचिवमा अशोक चौधरी,सह–सचिव बिक्की चौधरी , कोषाध्यक्ष वरुणकुमार जैसवाल, सह–कोषाध्यक्षमा सञ्जय चौधरी, जनसम्पर्क अधिकारी दीपक साफी चयन भएका छन् । सदस्य प्रमोदकुमार चौधरी, मनोज चौधरी, शम्भुप्रसाद साह, कनाई भगत, दीलिप दास, लालबाबु साह र सन्तोषकुमार साह चयन भएका छन् । उनीहरुलाई निर्वाचन समितिका संयोजक प्रेमचन्द चौधरी, उपेन्द्र प्रधान र निर्मल पाण्डेले सदस्य रहेको समितिले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।यता उनले ११ सदस्यीय सल्लाहकार समिति चयन गरेकी छिन् । समितिमा शंकर भगत, रामनारायण चौधरी, सत्यनारायण चौधरी, मनोज चौधरी, त्रिलोक साह, जनार्दन साह, बिजय ठाकुर, निर्मलकुमार पाण्डे, बिजय श्राफ, उपेन्द्र प्रधान र इन्द्रजित चौधरी रहेका छन् ।

समितिका अध्यक्ष रामेश्वर द्विवेदीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यमा जिम्मेवारी हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवष भट्टराईले महिलालाई ३३ प्रतिशत सहभागिताका लागि संविधानले नै सुनिश्चितता गरेको बताएका छन् । छव सेवा समाजले राम्रो जिम्मेवारी महिलाको नेतृत्व पाएको उनले बताए । बिर्तामोड नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले महिलाले नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानन्यायधिस सुशीला कार्की, महिला सभामुख ओनसरी धर्तीले गरेको कार्यको प्रस्तुत गरेका थिए ।