
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा दुईदिने सीप महोत्सव कार्यक्रम हुने भएको छ । आउँदो असार १२ र १३ गते बागमती प्रदेश उद्योग परिसंघ र बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त हेटौंडामा हुन लागेको सीप महोत्सव कार्यक्रमको बारेमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ प्रदेशमा उद्योग व्यवसायीको क्षेत्रमा आवश्यक मानव संसाधन रोजगारीका आवश्यकता परेका युवाहरूबीच सामञ्जस्य कायम गर्ने मुख्य उद्देश्यसहित २ दिनसम्म सीप महोत्सव कार्यक्रमको आयोजना गर्न लागेको उद्योग परिसंघका प्रदेश अध्यक्ष नेत्रराज पोखरेलले जानकारी दिएका छन् ।
सीप विकासका आयामहरुलाई प्रवद्र्धन गर्नका लागि सूचना प्रवद्र्धन, अटोमोबाइलको प्रदर्शनी गरिने र होटल व्यवस्थापनका १८ जना प्रतिस्पर्धीको सहभागितामा प्रदेशस्तरीय सीप प्रतियोगिता हुने परिसंघका अध्यक्ष नेत्रराज पोखरेलले बताए । करिब १ हजार जना भन्दा बढी युवाहरुको सहभागितामा महोत्सवमा साइकोमेट्रिक परीक्षण, वृत्ति परामर्श सत्र, र उद्योग भ्रमण, इलेक्ट्रिकल तथा बाल विकास सहजीकरणका लागि प्रत्यक्ष तालिम सञ्चालन गरिने तथा उत्कृष्ट प्रशिक्षार्थी, शिक्षण संस्था र उद्योग संघहरूलाई सम्मान पनि गरिने उनले जानकारी गराए ।
तालिमको मार्फत युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने, दक्ष जनशक्तिको उत्पादन तथा रोजगारी सिर्जनाको लागि भूमिका खेल्ने दावी गरेका छन् । प्रदेशका १३ जिल्लाका युवाहरुमा प्राविधिक शिक्षा, व्यावसायिक तालिम र अप्रेन्टिससीप कार्यक्रमका सिर्जनाको अवसर प्राप्त गर्ने बताइएको छ । कार्यक्रमका लागि होटल एसोसिएसन नेपाल, नाडा अटोमोबाइल्स एसोसिएसन, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् संस्थाले सहयोग गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्