Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाज

पेडारी खोलाको बाढी सडकमा

बाँकेको खजुरास्थित पेडारी खोलाको बाढी सडकमा पसेपछि आवागमनमा कठिनाइ भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षका कारण पेडारी खोलामा पानीको सतह पुल बाहिर सडकबाट बगेका कारण नेपालगञ्ज–गुलरिया सडकमा सवारी आवागमनमा कठिनाइ भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी आवागमनमा सहजता ल्याउन सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक उद्धार सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ । खजुरा बजार क्षेत्रमै रहेको पेडारी खोलाको निकास साँघुरो भएका कारण ठूलो वर्षा हुनासाथ पानी सडकबाट बग्ने गरेको छ । बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बगेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गरेको छ । खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट खोला बग्ने गरेको छ । डुबान क्षेत्रमा अवलोकन गरी तत्काल गर्न सकिने काम, उद्धारतर्फ सम्पूर्ण गाउँपालिकाको टोली लागिपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो । वैकल्पिक व्यवस्था नभएका कारण नेपालगञ्ज–गुलरिया सडकको पेडारी खोलामा बाढीले लामो समयसम्म सवारीसाधन अवरुद्ध हुने गरेका छन् । अहिले खजुरामा सडक विस्तारको काम चलिरहेको छ । चारलेन सडक विस्तार गर्ने क्रममा पुल पनि विस्तार गरिने छ । नयाँ चार लेनको पुल नबन्दासम्म समस्या रहिरहने प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology