हेटौंडा । प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यक्रम अन्तर्गत मकवानपुरमा मत गणना सुरु भएको छ । आज शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मकवानपुर क्षेत्र नम्बर-१ र मकवानपुर क्षेत्र नम्बर-२ को साढे १० बजेबाट मत गणना गर्ने निर्णय गरेको थियो । यद्यपि दिउँसो साढे १२ बजेबाट मात्र मत गणना कार्यलाई सुरुवात गरिएको हो ।
निर्वाचन अन्तर्गत हेटौंडा-४,स्थित भुटनदेवी माध्यमिक विद्यालयको ब्लक ए मा मकवानपुर-१ को मत गणना कार्य सुरु गरिएको छ भने ब्लक बी मा मकवानपुर-२ को मत गणना कार्य सुरु गरिएको छ । मकवानपुर-१ मा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ बाट मत गणनाको कार्य सुरु गरिएको छ भने मकवानपुर-२ मा मनहरी गाउँपालिका वडा नम्बर-९ बाट मत गणना सुरु गरिएको छ । सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले वडाहरुको छुट्टा छुट्टै मत गणना गर्नुपर्ने माग राखेका थिए । त्यसै अनुरुप वडाबाट मतगणना सुरु गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरमा कूल ५९ प्रतिशत मत खसेको छ । मकवानपुरको क्षेत्र-१ बाट ४७ हजार ६ सय ७० जना पुरुषले र ८९ हजार ९ सय १२ जनाले मतदान गरेका छन् । यस्तै ५ अन्यले मतदान गरेका छन् । मकवानपुरको क्षेत्र-२ बाट ४८ हजार ९ सय ६४ जना पुरुषले, ४२ हजार २ सय ७६ महिला र १ जना अन्यले मतदान गरेका छन् । मकवानपुरका दुई क्षेत्रबाट दलीय र स्वतन्त्रगरी ४४ जनाको उम्मेद्वारी परेको छ ।























प्रतिक्रिया दिनुहोस्