
फागुन – १ गते मनाइने जनयुद्ध दिवसको अवसरमा हेटौंडामा खुला दौड (म्याराथुन) प्रतियोगिता हुने भएको छ।
पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर, वाईसियल नेपाल मकवानपुर, अखिल क्रान्किारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
३० औँ जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता गरिन लागेको आइताबार पत्रकार सम्मेलन गर्दै पुर्व जनमुक्ति सेना नेपाल मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले बताए ।
फागुन १ गते विहान ७ बजे हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले बताए ।
प्रतियोगितामा सहभागी हुनका लागि माघ ३० गते सम्ममा निःशुल्क नाम दर्ता गराउनुपर्ने बताउँदै सहभागीलाई एक थान टिसर्ट उपलब्ध समेत गराइने बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितीयलाई १० हजार,मेडल तृतीयलाई ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाख्रीनले बताएका हुन् ।
कार्यक्रममा सात जनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने बताइएको छ ।
करिब एक लाख खर्च हुने अनुमान रहेको प्रतियोगितामा आफुहरुलेनै खर्च गर्न लागेको बताए ।
नेकपा माओवादी केन्द्र मकवानपूर जिल्ला सचिव बिर बहादुर घलान ९ज्वाला०, नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगाएत को उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्