इलाका प्रहरी कार्यालय टाँडीमा निरीक्षण गरिँदै ।

हेटौंडा । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनको टोलीले चितवनस्थित इलाका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गरेका छन् । मंगलबार नेपाल प्रहरी कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवम् नेपाल प्रहरी प्रधान कार्यलय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा.मनोज कुमार के.सी. सहितको कार्यदक्षता टोलीले इलाका प्रहरी कार्यालय टाँडीमा भ्रमण तथा निरीक्षण गरेका हुन् ।

प्रहरी मूल्याङ्कन (पुलिस बटन)२०८२ को अन्तर्गथ निरीक्षण अनुगमन गरेको बताइएको छ । कार्यक्रममा कार्यालयका अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, हिरासत कक्ष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायतका शाखाहरुले, मेस, ब्यारेक तथा कार्यालय परिसरको निरीक्षण तथा भ्रमण गरेका थिए ।