ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ नेपालबीच ग्यास विक्रेता तथा उपभोक्तालाई ग्यास खरिद तथा विक्री गर्दा क्युआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्ना भुक्तानी साझेदारहरू स्मार्ट च्वाइस टेक्नोलोजी र फोन पेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघसँग समन्वय गरेको जनाएको छ।

यस सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेता सिधै लाभान्वित हुने विश्वास लिइएको छ। हाल बैंकले दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा मुलुकबाहिर तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएके हो