हेटौंडा । मकवानपुर ग्याँस व्यवसाय सङ्घको १३औं वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ।
सङ्घ मकवानपुरका अध्यक्ष चतुरबहादुर लामाको सभा अध्यक्षता ग्याँँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।
मकवानपुरमा रहेर ग्याँस बिक्री वितरण गर्दै आएका व्यवसायीहरूको छाता संगठनको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश गोविन्द जोशीले ग्याँस बिक्री वितरणमा काम गर्नेहरुका लागि कम्तीमा पनि १५ सिलिण्डर राख्नेलाई संघमा आवद्ध गराउनु पर्ने बताएका छन् ।
बजारमा ग्याँस व्यवसायी गर्ने भनेर काम गरिरहँदा हरेक किसिमका पसलमा १,२ वटा सिलिण्डर राखेर बिक्रिवितरण गर्न रोक लगाउनु पर्ने उनको भनाई छ ।
यस्तैगरि कम्पनीले सिल गरेर पठाएको सिलिण्डरको ग्याँस सहज ढंगले विचबाटै लिकेज गरेको भन्दै बाराम्बार गुनासो आएरहेको बताएका हुन् ।
सिलिण्डरको ग्याँसमा रहेको सिल केही कमजोर भएकाले यस्ता गलत कार्य भएकाले त्यसलाई व्यस्थित गर्न ग्याँस कम्पनी अग्रसर हुनुपर्ने प्रमुख अतिथि जोशीको भनाइ छ ।
कार्यक्रममा २०५८ सालदेखि व्यवसायी गर्दै आएका अग्रज ग्याँस व्यवसायी तथा बागमती प्रदेश कमिटिका अध्यक्ष विनोदमान श्रेष्ठ संघद्धारा सम्मानित भएका छन् ।

साधारण सभामा विक्रेता संघका केन्द्रीय सह कोषाध्यक्ष मधुसुधन ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाद कँडेल, बागमती प्रदेश कमिटीका अध्यक्ष बिनोदमान श्रेष्ठ सल्लाहकारहरु, विष्णु ढुङ्गाना, पिताम्ब ढकाल विभिन्न ग्याँस कम्पनीका व्यवस्थापक लगायतको अतिथ्यता रहेको थियो ।
















प्रतिक्रिया दिनुहोस्