हेटौंडा । मकवानपुर क्योकुशिन कराँते संघ बाल कुमारी आईको युनियनको आयोजना हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । शनिबार बिहान हेटौंडा–४,स्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा २१ जना पुरुष र २ जना महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक विष्णु श्रेष्ठले जानकारी गराएका छन् । क्युकोशिन कराँते संघले दशैं ताकाको अवसर पारेर विगत ६ वर्षदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको संयोजक श्रेष्ठले बताए ।
दशैंको समयमा बढी मात्रामा सवारी दुर्घटना हुने भएकोले रगतको अभाव नसोस भने रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको बताए । संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षमा तथा सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिवनारायण श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य सुर्दशन खतिवडा लगायत खेलाडीरुको उपस्थिति रहेको थियो ।

































प्रतिक्रिया दिनुहोस्