हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठको विदाई गरिएको छ । बुधबार गाउँपालिकाका एक कार्यक्रमबीच ११ महिना ३ दिन कार्य सम्पादन गरेका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई तथा फेरि भेटौंला कार्यक्रम गरेको हो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गत वर्षको असोज महिनाको ८ गते जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठ संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयमा सरुवा भएका छन् ।
श्रेष्ठको सुरुवा भएपछि अब कैलाशमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट सरुवा भई रामप्रसाद शर्मा कंडेलले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । विदाई गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले आफ्नो कार्यभार सम्हाल्दा गर्नुभएको सेवाप्रति शुभकामना व्यक्त गरेका छन् । संघीयता कार्यान्वयन गर्न जनप्रतिनिधि जत्ति नै कर्मचारीहरुको पनि ठुलो योगदान रहेको उनले बताए । ११ महिनाको बसाईँले कैलाश गाउँपालिकाको विकासमा श्रेष्ठको अहम भूमिका रहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लल कैलाशमा गरेको काम कतर्व्य प्रति आभार व्यक्त गर्दै उनले सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत शर्मालाई कैलाश गाउँपालिकामा स्वागत गरेका छन् । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृतद्ध रामप्रसाद शर्मा कंडेल लगायत गाउँपालिकाका कार्यरत शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्