Rato Samachar
Thu, 24 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’

राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन त्यो आयोजना पूरा नहुँदासम्म प्रमुख परिवर्तन गर्न नहुने बताउनुभएको छ । आज बसेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले कर्मचारीका काममा समस्या नै भएको अवस्थामा बाहेक मन्त्री वा सचिव परिवर्तन हुनासाथ प्रमुख परिवर्तन गर्न नहुनेमा जोड दिनुभयो । कालीगण्डकी करिडोरमा बेनी–लेते खण्ड समस्याग्रस्त रहेकाले समाधान गरेर निर्माण अघि बढाउनुपर्नेमा उहाँको जोड छ । करिडोरअन्तर्गत चीनको सीमासम्म नै सडक चाँडो कालोपत्र गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चीनले भन्सारका लागि भवन नै बनाइसकेकाले नेपालतर्फ पनि सडक निर्माण गर्न जरुरी छ ।” समितिका सदस्य अनिता देवकोटाले राष्ट्रिय गौरवका आयोजनामा कानुनीलगायत कुनै पनि समस्या आउन नदिने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो । समिति सदस्य दिलकुमारी रावल थापा (पार्वती) ले कालीगण्डकी राजमार्ग विसं २०८३÷८४ सम्ममा सम्पन्न गर्नुपर्ने हुँदा सो अवधिमा सम्पन्न नहुने देखिएको बताउनुभयो । समितिका सदस्य राजेन्द्रलक्ष्मी गैरेले पहिले निर्माणका क्रममा कालीगण्डकी खोलाकै नदीजन्य सामग्रीको प्रयोग भए पनि व्यवसायीले चाहिनेभन्दा बढी निकालेपछि समस्या आएको उल्लेख गर्नुभयो । सदस्य खिमलाल देवकोटाले सो आयोजनामा रहेका समस्या समाधानतर्फ लागेको पाइए पनि अझै समयमै सकिनेमा शङ्का रहेको बताउनुभयो । सदस्य जयन्ती राईले राष्ट्रिय गौरवका आयोजनामा सम्बद्ध व्यक्ति र संस्था जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कालीगण्डकी करिडोर समयमा सम्पन्न हु्ने विषय अर्थ मन्त्रालयले समयमा बजेट सुनिश्चित गर्ने कुराबाट निर्धारण हुने बताउनुभयो । एउटै पुल वा सडकमा पनि एउटा कामबाट अर्काे काममा रकम लैजानका लागि पनि अर्थ मन्त्रालयसम्म पुगेर स्वीकृत गराउनुपर्ने हुँदा काममा झन्झट भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयबाट नै हुँदा काम गर्न सजिलो हुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology