Rato Samachar
Wed, 24 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते

फगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ । अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले उल्लेख गरेको छ । साथै बाढीले पोल-ए-आलमका थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्याएको पनि स्थानीयबासीले बताएका छन् । यस क्षेत्रमा सयौं परिवार घरबारविहीन बन्दै विस्थापित भएका छन् । साथै दक्षिण-पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ। यसै बीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए। अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ । भारी वर्षाले करिब २,९०० घरमा क्षति पुर्याएको छ । सडक र पुलहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। यो सँगै गत महिना अफगानिस्तानमा मनसुनी वर्षा र बाढीका कारण करिब ४०० जनाको ज्यान गएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology