हेटौंडा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीइ वरिष्ठ नायब निरीक्षक अशोक कोइराला र प्रहरी सहायक हवल्दार सुशीलकुमार साह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले प्रहरी वरिष्ठ नायब निरीक्षक कोइराला र प्रहरी सहायक हवल्दार साहले गरेको कार्यको मूल्यांकन गर्दै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेका हुन् । प्रहरी नायब निरीक्षक कोईराला इलाका प्रहरी कार्यालय लौकहीमा र प्रहरी सहायक हवल्दार साह हाल इलाका प्रहरी कार्यालय दुहवी सुनसरीमा कार्यरत रहेका छन् ।
विभागीय मुल्य, मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायीक, लगनशील भई अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्नुका साथै लागू औषध बरामद तथा संलग्न व्यक्तिहरूलाई पक्राउ, फरार प्रतिवादी पक्राउ, भन्सार छलि ल्याएका सामान बरामद, विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नलाई पक्राउ गरेर अपरा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको बताइएको छ ।

















प्रतिक्रिया दिनुहोस्