बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले श्रावण २५ गतेदेखि प्रदेशभर लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गर्ने भएको छ ।
बिहिबार पत्रकारसंग भेटघाट गर्दै मन्त्रालयले जानकारी दिए अनुसार श्रावण ३० गतेसम्म प्रदेशका १३ वटै जिल्लाहरुमा यो अभियान सञ्चालन गर्न लागेको हो ।
अघिल्लो आर्थिक वर्षमा खोप अभियान मार्फत ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो भने।यसवर्ष ७६ हजार २ सय ७५ वटा भ्याक्सिन लगाउने लक्ष्य रहेको जनाएइको छ।
वि.सं. २०७७ साल असारमा प्रथम पटक नेपालमा यो रोग प्रमाणित भएको र हालसम्म ७७ वटै जिल्लामा देखापरिसकेको र यस रोगले गर्दा नेपालमा ७५ अर्ब ४८ करोड सम्मको आर्थिक क्षति भएको अनुमान गरिएको बताइएको हो ।
गाईंभैसीमा यस रोग पश्चात दुध उत्पादन लगभग ८० प्रतिशतसम्म कमी आउने लगाएतका लक्षणहरु देखापर्ने जनाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्