हेटाैडा- नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समितिको मिति २०७९ फाल्गुण १३ गते शनिबारका दिन दोस्रो सम्मेलन तथा अधिबेशन नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत एकाइ सपमतिका अध्यक्ष पदम बहादुर बजगाईको सभापतित्वमा सम्पन्न भएको कायक्रममा केन्द्रिय अध्यक्ष सिताराम दाहालको प्रमुख आतिथ्य रअेको थियो ।बरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद पोखरेल बिशिष्ट अतिथि रहेको कार्यक्रममा प्रदेश प्रमुख सुर्य बहादुर थापा, केन्द्रिय महासचिब कृष्ण प्रसाद दाहाल, केन्द्रिय सचिब आत्माराम मुक्तान, मालपोत प्रमुख हेटौडाका ओम बहादुर अधीकारी, नापी प्रमुख हेटौडाका पूर्णए हरि सुबेदी, प्रदेश सचिब खिल प्रसाद गौतम प्रदेश सदस्य महालक्ष्मी राजभण्डारी, उच्च बार एसोसिएसन अध्यक्ष अरुण कुमार खतिवडा, जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेत, जिल्ला समन्वय समिति मककवानपुरका नारायण थोकर, छबि अधीकार, जिल्ला तथा उच्च अदालत हेटौडाका तेज कुमा।्री थापा लगायतको आतीथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
केन्द्रिय अध्यक्ष सिताराम खाहालले देशभरिका सम्पूर्ण लेखापढिहरु एकजुट भई देखिएका बिकृति तथा भष्टचार बिरुद्य एकजुट भई पेशागत हक हितमा लाग्नुपर्ने बतायनुभयो । कार्यक्रम उद्घाटन समारोह पमापन सगैँ बन्द सत्र सूरु भएको थियो । जिल्ला समन्वय समितिकाृ नयाँ कार्यसमिति चयनका लागी प्रकाश लामा थोकरको संयोजनमा सुष्मा रेग्मी, बिमल खत्री र भानु दंगालको निर्वाचन समितिले थप कार्यक्रम अघाडी बढाएको थियो ।निर्वाचन समितिको कार्यतालीका अनुसार आज मिति २०७९ फाल्गुण १९ गते शुक्रबार निर्वाचन भएबमे हो । मालपोत एकाई, पालुङ मालपोत एकाइ र अदालत एकाइ बाट ५९ जना प्रतिनिधी आएका थिए । ५९ जना मतदाता भएको निर्वाचनमा ५७ मत खसेको थियो । अध्यक्ष, उपाध्यक्ष र सचिब पद बाहेक अन्य पदमा निर्बिरोध निर्वाचित धएका थिए । अध्यक्ष पदमा १५ मतको अन्तरले ३६ मत प्राप्त गरी पूर्ण प्रसाद अर्याल अध्यक्षका लागी निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्धी देबी प्रसाद गौतमले २१ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षका लागी शिवराज पुडासैनीले ३३ मत प्राप्ती गरी ९ मतको फरकले बिजय भए भने उनका प्रतिद्वन्धी उर्मिला न्यौपाने ले २४ मत प्राप्त गर्नू भएको थियो । सचिब पदका लागी ३१ मत लेराई अजित उप्रेती बिजय हुन सफल भए भने उनका प्रतिद्वन्धी बासुदेब बानियाँले २६ मत प्राप्त गरेका थिए ।
आज भएको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समितिको निर्वाचनबाट अध्यक्ष पूर्ण प्रसाद अर्याल, उपाध्यक्ष शिवराज पुडासैनील र सचिब अजित उप्रेती निर्वाचित भए भने कोषाध्यक्ष संतोषी बर्तौला, सह कोषाध्यक्ष गिता सुबेदी अर्याल, सह सचिब शत्रुधन बैठा, सदस्यमा जानुका भुजेल, धुब्र प्रसाद लामिछाने, राजेश लामा मुक्तान, समाज बिष्ट, सरिता गोपाली र ज्ञानु परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रकाश लामा थोकरले बताएका थिए ।














प्रतिक्रिया दिनुहोस्