नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट निर्वाचनमा रसुवाबाट ८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
खुल्ला सहित विभिन्न क्लस्टर गरेर २२ जनाको उम्मेदवारी परेकोमा शनिबार सम्पन्न मतदानबाट ८ जना प्रतिनिधि चयन भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार दिनभर सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदान मार्फत प्रतिनिधि चयन गरिएको हो । खुला तर्फ १३ जनाको उम्मेदवारी परेकोमा ४ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा कैसाङ नुर्पु तामाङ– ९१ सुरेन्द्र राज लम्साल – ७१, छोवाङ तेन्जिन तामाङ – ७१ मत, कर्णेल तामाङ – ५९ मत पाएर निर्वाचित भएका छन् ।
महिला कोटामा– २ जना निर्वाचित भएका छन् । महिला तर्फ ३ उम्मेदवार प्रतिस्पर्धामा थिए । महिला तर्फ निर्वाचित हुनेमा चमेली गुरुङ – ११७ र सृजना लामा– १०५ रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
तेस्तै युवा कोटा – १ निर्वाचितभएका छन् । युवा कोटामा ३ जना प्रतिस्पर्धीमध्ये कुमार नगरकोटी– ५८ मत पाएर निर्वाचित भए । चमेली सुनुवार विक– ९४ मत पाएर दलित तर्फ निर्वाचित भएकि छिन् । दलित तर्फ २ जनाको उम्मेदवारी परेको थियो । – हेमन्त खतिवडा रसुवा














प्रतिक्रिया दिनुहोस्