एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन्।
यो योजना शुक्रबार वैशाख १६ देखि सञ्चालनमा आएको हो। एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइजको फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरूबाट यो पहिलो सिमलिन सक्छन्।
कर सहितमात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रू १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, युट्युब र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्तासम्म) को फाइदा लिन सक्छन्। यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको फाइदा पनि लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन्। प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ।
सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुम सहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ।
विद्यार्थीहरूलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरूसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाइ, परिवारजनसँग सम्पर्कमा सही रहन मदत पुर्याउने विश्वास एनसेलले लिएको छ।
यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो




















प्रतिक्रिया दिनुहोस्