जेनजी कमिटी गठनपछि खिचिएको सामूहिक तस्बीर ।

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकामा जेनजी कमिटी गठन गरिएको छ । शनिबार आशिष मोक्तानको संयोजनमा मनहरीमा ७ सदस्य जेनजी कमिटी गठन गरिएको हो । शनिबार भएको जेनजी गाउँपालिका कमिटीको भेलाले सचिवमा पुष्कर घलान र कोषाध्यक्षमा सुदिप मोक्तानलाई चयन गरेको जेनजी मकवानपुरका सचिव नविन राउतले जानकारी गराएका छन् ।

यस्तै, सदयहरुमा होमलाल स्यांङतान, विनोद घलान, मञ्जित घलान र विशाल मोक्तानलाई चयन गरिएको छ । जेनजी मकवानपुरका संयोजक सुविन खत्री, नवीन राउत र सल्लाहकार सन्तोष वि.क मनहरी गाउँपालिकामै पुगेर जेनजी कमिटीको गठन गरेका हुन् ।

यस अघि बागमती र जीतपुर सिमराको वडा नम्बर–२२ मा पनि जेनजी कमिटी गठन गरिएको संयोजक सुविन खत्रीले बताए । कार्क्रममा मकवानपुर जिल्ला जेनजी संयोजक सुविन खत्रीको प्रमुख अतिथयता रहेको थियो । जेनजीको माग प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता लगाएतका माग सम्बोधन नभएसम्म निरन्तर खर्बदारी गरिरहने संयोजक खत्रीले बताए । जेनजीले सहिदको बलिदानलाई कुनैपनि हालतमा खेरजान नदिने उनले बताएका छन् ।

साथै, मनहर गाउँपालिकाका संयोजक आशिष मोक्तानले संयोजकको भुमिका अत्यन्त जिम्मेवारी पुर्ण ढङगबाट पुरा गर्ने र सम्पुर्ण पालिकाका जेनजीहरुलाई एक ठाँउमा समेट्ने उनले प्रतिवद्दता व्यक्ति गरे ।

रातो समाचार संवाददाता
थप जानकारी