धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।
माओवादी केन्द्र वागमती प्रदेश कमिटीको सदस्य समेत रहेका डल्लाकोटी पूर्वप्रधानमन्त्री एवंम् एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए।
नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका डल्लाकोटी चौबीस घण्टा नबित्दै पुनः माओवादी केन्द्रमै फर्किएका हुन् ।
एमाले पृष्ठभूमिमा हुर्किए पनि माओवादीमा रहेर २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धनमा डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए ।
घोषण सहितको एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेको जनाएका हुन् ।
धादिङ जिल्लामा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीमै सक्रिय रहेका छन् ।
घोषण सहितको विज्ञप्ती यस्तो छ।

मितिः-२०७८/१२/२२
प्रेस विज्ञप्ती
उपरोक्त सम्बन्धमा म पित्त बहादुर डल्लाकोटी (हरि) हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेश कमिटी सदस्य, बेनिघाट रोराङ्ग गाउपालीकाको इन्चार्ज र २०७४ सालको स्थानिय निर्वाचनमा पार्टीको तर्फवाट गाउपालिका अध्यक्षमा पार्टीको उम्मेदवार भएर विजयी भई क्रियाशील भइरहेको अवस्थामा म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनैतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङ्गको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रुपमा आत्माआलोचना गर्न चाहान्छु र आगामी दिनमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
क्रान्तिकारी अभिवादन सहित
पित्त बहादुर डल्लाकोटी (हरि)
























प्रतिक्रिया दिनुहोस्