नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी–टु, जावा, र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागु हुने गरी नयाँ वर्ष लक्षित योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीले जावा मोटरसाइकल खरिद गदा १५ हजार रूपैयाँको फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन्। जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरबाट यस अभियानमा जोडिन सकिने कम्पनीले जनाएको छ।

यो समाचार नागरिक न्युजबाट साभार गरिएको हो