नेपाली फिल्मका  सुपर स्टार मानिने भुवन केसीको  निर्देशित फिल्म  ‘बाटुलो जून’ कार्तिक २६ देखि प्रर्दशनमा आउने भएको छ । हिन्दु नेपालीहरुको महान चाड तिहारको भाइटीकाको भोलिपल्ट   देखि देशव्यापी प्रदर्शनमा आउने भएको निर्माण पक्षले जनाएको हो । दशैंमा प्रदर्शन गर्ने तयारी गरिए पनि उक्त समयमा निकै चलचित्र प्रदर्शनमा आउने भएपछि नयाँ मिति तय गरिएको थियो ।

फिल्मको पोष्टर सार्वजनिक भएपछि  प्रेमिल मुद्रामा  भुवन केसीका छोरा मेघा स्टार मानिने अनमोल केसी प्रिन्सीको लुक्स पृष्ठभूमिमा लाल्टिन बलिरहेको चम्किरहेको जूनले फिल्म  प्रेमकथामा आधारित रहेको तर्क दिएका थिए ।

कथा वर्तमान समयभन्दा धेरै अघिको समयलाई  आधारित बनाइएको अनुमान गरिएको थियो  । फिल्ममा  प्रिन्सीको कुरा गर्दा टिकटक मार्फत चिनिएकी प्रिन्सी फिल्म ‘बाटुलो जुन’ मार्फत अभिनयको यात्रामा प्रवेश पाएकी हुन् । फिल्मको जव ट्रेलर ससर्वजनिक भयो अनमोलका  फ्यानहरुले खु्सी व्यक्त गरिरहेका हुन् ।

काजीको भूमिकामा रहेका अनमोल गाउँका शिक्षक हुन् । उनको प्रिन्सीसँग माया बसेको र परिवार भने मायाँको विपक्षमा  देखिएको संकेत गरेको छ । निर्देशक बनेका भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् ।  साथमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटी लगायतको अभिनय रहेकोछ ।

समग्रमा ट्रेलरमा देखिए अनुसार प्रेम अस्विकार भएपछि युवा अवस्थामा विछोड भएर  अनेकौँ संघर्ष अनि पर्खाइपछि  प्रेमले सार्थकता पाएको होकी भन्ने अनुमान गर्न सकिन्छ ।

छाँयकनको कुरा गर्दा पोखरा, रुकुम,  पश्चिमको  पहाडी जिल्ला लगायतका बिभिन्न रमणिय स्थानलाई चलचित्रको दृष्य बनाइएको छ । सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता जिया केसी र भविष्य खड्का हुन्  सहनिर्माता  विवेक थापा हुन् । पुराना दिनको सम्झना गराउने  फिल्म कस्तो छ ? त्यो हेरेपछि थाहा हुन्छ ।

……………..

यता गएको विहिबारदेखि पौराणिक ग्रन्थमा आधारित फिल्म अहिलेसम्मकै भारतिय फिल्ममा ठूलो बजेट भारु ४ हजार करोड  लगानी गरिएको भारतीय फिल्म ‘रामायण स् राइज अफ अ लेजेन्ड’ले विभिन्न स्थानदेखि नेपालमा समेत तहल्का मच्चाएको छ। बलिउड देखि साउथका चर्चित कलाकारहरुको दमदारअभिनय रहेको  फिल्म हेर्नेहरु दर्शकहरुले

सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्ममा  प्राविधिक पक्ष संगीत, भिएफएक्स र स्टारका कारण फिल्म हेरेपछि भारतसँगै नेपालमा समेत दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको हो ।

यहि विच अनमोलको अभिनयमा हरेको “बाटुलो जुन” प्रर्दशन हुने पक्का भएको छ ।अनमोलका फ्यानहरुले भने फिल्म सुपरहिट हुने भनिरहेका छन् ।