मारवाडी एशोसियसन मकवानपुरले हेटौंडा उपमहानगर हेटौंडा – ४ स्थित भूटनदेवि माबि अघाडी हरेक शनिबार निःसुल्क खाना खुवाउने कार्यक्रम गर्दै आइरहेको छ ।
एशोसियसन अध्यक्ष सुनिल सिंघलको नेतृत्वमा शरेक साताको एक दिन यात्रामा रहेका र समस्या परेका बिभिन्न व्यक्तीहरुका लागि लामो समय देखि निरन्तरता दिइएको एशोसियसन जनएको छ । यसैक्रममा शनिबार हेटौंडा -२, मा अवस्थित आइएविए ट्रेडस्का प्रोपाइटर अनिल अग्रवालले शनिबार उक्त कार्यक्रममा साथ दिएका छन् ।
संघका सल्लाहकार समेत रहेका अग्रवालले आफ्नो तर्फबाट शनिबारका लागि आर्थिक पक्षबाट सहयोग गर्दै परिवार सहितले खान खुवाएका हुन् । सेवा नै हाम्रो धर्म हो भन्दै समाजमा गरिएको सेवामुखि काममा सानो भएपनि सहयोग पुर्याउन आफुले पनि साथ दिइएको अग्रवालले बताएका हुन् । कार्यक्रममा दैनिक १ सकय २५ जनादेखि १ सय ५० जनालाई खाना खुवाउँदै आइरहेको अध्यक्ष सुनिल सिंघलले बताएका छन् । विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिइरहेको र बिभिन्न स्थानबाट सहयोग समेत पाइरहेको र एशोसियसनले अतिथि आवास गृह निर्माण समेत पुरा गर्ने अध्यक्ष सिंघलले बताएका हुन् ।




























प्रतिक्रिया दिनुहोस्