हेटौंडा । बारा जिल्लाको करैयामाई गाउँपालिका जारी तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगितामा आयोजक विरुद्ध मकवानपुरका हेटौंडा फुटबल एकेडेमीले दोब्बर अग्रता बनाएको छ । बुधबारको अन्तिम क्वार्टरफाइनल खेलमा दोस्रो हाफको प्रतियोगिता अन्तर्गत हेटौंडा फुटबल एकेडेमीले आयोजकलाई २–१ गोल अन्तरले पछि पारेको छ ।
आयोजकका सुदन चौधरीले पहिलो हाफको ४ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । त्यस पछि दोस्रो हाफको खेल लगत्तै हेटौंडा फुटबल एकेडेमीका शक्तिमान थिङले दुई गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल असार ७ गते हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्