हेटौंडा । हरियो वन नेपालको धन, वन र वन्यजन्तु सुरक्षित रहे सम्म पृथ्वीमा जन्मिएको हरेक प्राणिको सुरक्षा हुन्छ । एकअर्काको जिवन संग हरेक प्राणि देखि वन्यजन्तु र वनस्पतीहरु जेडिएका कारण प्राकृतिक दृष्टिकोणले हेर्दा सबैको महत्व भएको हो ।
वन्यजन्तुको वासस्थान बाट भौँतारिएर क्षेत्र बाहिर आउँदा मानिस नजिक आउँदा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्ने गरेको हो । बाघ, भालु, हाती,गैंडा, सर्प, भ्यागुता, अजिंगर, गोही बिभिन्न पशुपंछी लगायतका जीवहरुले प्रकृतिमा आ–आफ्नो भूमिका निर्वाह गरेकै कारण संरक्षण हरेक नागरिकको भूमिका आवश्यक रहेका को वन कार्यालयले जानकारी गराँउदै आएको छ । त्यसोत गर्मी समयमा हुने वन डढेलो, वन्यजन्तु उद्धार, चोरी, तस्करी, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका लागि २४ घण्टा सञ्चालन हुने फोन गर्दा कुनै शुल्क नलाग्ने टोल–फ्री नम्बर १८१०५०००१९३ सञ्चालनमा ल्याइएको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण संरक्षणमा डिभिजन वन हेटौंडा
जैविक विविधताका लागि वन्यजन्तुको सुरक्षा गर्नुपर्छ भन्ने मूल नाराका साथ बिभिन्न स्थानमा जस्तै डिभिजन वन कार्यालय हेटौंडाले आफ्नो क्षेत्राधिकार भित्र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, उद्धार, संरक्षणका लागि विशेष भूमिका निर्वाह र प्रयासहरु गर्दै आएको छ ।
डिभिजन वनले चलाएको वन्य जन्तुको द्वन्द्ध व्यवस्थापन अभियानमा सवडिभिन र सामुदायिक बनले पनि महत्वपुर्ण भूमिका खेल्दै आएको छ । डिभिजन वनकै नेतृत्वमा ८ वटा सवडिभिजन वन र त्यसकै मताहातमा २११ वटा सामुदायिक वन रहेको र संरक्षण क्षेत्र बाहिर आएका वन्यजन्तु र मानव सुरक्षाको भूमिका खेल्दै आएको छ ।
बागमती र मधेश प्रदेशका छ वटा डिभिजन वन कार्यालय तथा पर्सा राष्ट्रिय निकुञ्ज सम्म सेवा विस्तार गर्ने तयारीमा रहेको र भौगोलिक विगटताको कारण अपेक्षा अनुसारको प्रगति हासिल नभएको अवस्था रहेको डिभिजन बन हेटौंडाले जनाएको छ ।
वन्यजन्तु उद्धार नियन्त्रणका लागि माथिल्लो निकाय र संरक्षित संघ संस्थाहरुसँगको सहकार्यमा उपकरण तथा स्रोत साधनको सहयोग पाएर कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरेमा थप सहयोग पुग्ने बताइएको हो ।
वन्यजन्तु संरक्षण, उद्धार तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पछिल्ला तीन वर्षयता विभिन्न कार्यक्रम भएको छ ।
वन्यजन्तु संरक्षण दिवस, वन्यजन्तु सप्ताह, सालक दिवस लगायतका सचेतनामूलक कार्यक्रम मार्फत युवाको सहभागिता बढाउने कार्य गरिरहेको डिभिजन वन अधिकृत हेम कुमार पाठकले बताउँछन् ।

सालक संरक्षणका लागि चुच्चेखोला र रानी सामुदायिक वन क्षेत्रमा प्राकृतिक संरक्षण केन्द्र स्थापना, घाँसे मैदान व्यवस्थापन तथा वन विज्ञान अध्ययन संस्थानभित्रको वन क्षेत्र संरक्षणका काम अघि बढाइएको जानकारी दिए ।
पाठकले दिएको जानकरी अनुसार वन्यजन्तुको गतिविधि तथा सम्भावित घटनाको निगरानीका लागि चारवटा क्यामरा ट्र्याप र ड्रोन क्यामराको व्यवस्था हिंसक मानिएको वन्यजन्तु नियन्त्रणका लागि यसै वर्ष दुईवटा ट्र्यापिङ खोर निर्माण गरिएको छ ।
वन्यजन्तु, बिभिन्न वनस्पती चोरी, अपराध सम्बन्धी घटनाको अनुसन्धान तथा निगरानी कार्यलाई समेत प्रभावकारी बनाउँदै वन्यजन्तु संरक्षित दिवस, सप्ताहिक कार्यक्रममार्फत सचेतना र युवाको सहभागिता कार्यक्रम सञ्चालन गरेको बताए । विगत ३ वर्षको अवधीमा १५२ वटा विभिन्न वन्यजन्तुको उद्धार भएको छ । बाटो बिराएर मानवबस्तीमा पसेका बाघ, चितुवा, मृग, सालक, अजिङगर लगायतका वन्यजन्तु संगै बिभिन्न विषालु सर्पहरु समेत उद्धार गरेर जंगल तर्फ छाड्ने गरेको बताए ।
वन्यजन्तु संरक्षणका लागि पानीपोखरी निर्माण जसमा चुरे क्षेत्रमा ३ वर्षमा ५४ वटा पोखरी निर्माण भएको र वन्यजन्तुको बासस्थान, गर्मी मौसममा बिभिन्न कारणबाट हुने वनडँडेलो नियन्त्रणको पूर्व तयारीकार्य अन्तर्गत १३ हेक्टर क्षेत्रफल ओगटने माइकेनिया अग्निरेखा निर्माण, प्रजनशील पदार्थ संकलन सरसफाइ तथा मिचाहा प्रजाति नियन्त्रण भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १३ हेक्टर र चालु आर्थिक वर्षमा १० हेक्टर क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रण कार्य जारी राखिएको पाठकले बताए।स्थानीय सरकार र -डब्लु. सि. सि. बि.)मार्फत सम्बन्धीत निकायसँगको सहकार्यमा वन्यजन्तु सुरक्षाकालागि आर्थिक वर्षमा वन्यजन्तु उद्धारकेन्द्र निर्माण हुँदै रहेको अवस्थासंगै वन्यजन्तु एम्बुलेन्सका लागि भने बजेट अपुग रहेको जानकारी दिए ।
वन्यजन्तुको संरक्षणका लागि नियमित गस्ती तथा अनुगमन, सामुदायिक तथा राष्ट्रिय वनको व्यवस्थापन, घाँसे मैदानको व्यवस्थापन, वनजन्तु सम्बन्धीको अपराधिक घटनाको छानबीन घाइते जनावहरुको उपचार सहित उद्दारका लागि सम्बन्धीत निकायसँग छलफल गर्ने गरेको बताए । इन्धन बजेट, ट्र्याकिङ क्यामेरा, डाटगन तथा अन्य आवश्यक उपकरण सहयोग प्राप्त भई वन कर्मचारीहरूलाइ वन्यजन्तु उद्धार, नियन्त्रण तथा अनुगमन सम्बन्धी तालिम आवश्यक रहेको पाठकको भनाई छ । वन्यजन्तु उद्धारका लागि सर्वसाधारण उद्धारकर्ताको रोस्टर निर्माण गरेर सर्प उद्धार कार्यलाई समेत व्यवस्थित बनाउन थप सहयोग आवश्यक रहेको पाठक बताउँछन्।
वन्यजन्तु चोरी सिकारी रोक्न संयुक्त गस्ती तीव्र
संरक्षित क्षेत्र बाहिर निगरानी फितलो भएमा अवैध शिकार र वन्य जन्तुको तस्कर बढ्ने भएकाले विशेष निगरानी गर्ने गरेको हो ।
निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रसँग सिमाना जोडिएका मानव बस्ती नजिक पछिल्लो समय वन्यजन्तु देखापर्ने क्रम बढ्ने र चोरी सिकारी बढ्रने क्रम भएको छ ।वन्यजन्तुको अवैध शिकार हुनुको मुख्य कारण मासु बिक्री गरी आर्थिक लाभको अपेक्षा औषधिजन्य सामग्री निर्माणका अवैज्ञानिक विश्वास सजावट एवं विलासिताका सामग्री बनाउने उद्देश्यमा चोरी सिकारी बढ्रने क्रम रहेको सरोकारवालाको ठम्याइ छ ।
जसमा विशेषगरी बाघ तथा चितुवाको छाला, गैँडाको खाग, सालकको खपटा, चित्तल तथा जरायोको सिङ, हात्तीको पुच्छर र दारा अत्यन्त महत्वपूर्ण मानिने अन्ध विश्वासका कारण वन्यजन्तु तस्करी बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
डिभिजन वन कार्यालय हेटौंडाका अनुसार मकवानपुर, बारा र रौतहट जिल्लाका वन कार्यालयहरूको समन्वयमा संयुक्त गस्तीलाई निरन्तरता दिइएको हो । वन क्षेत्रमा हुने सम्भावित हानी–नोक्सानी, चोरी सिकारी नियन्त्रण, अतिक्रमण तथा अवैध उत्खनन रोकथामका लागि सूचना आदानप्रदानलाई प्रभावकारी बनाउँदै नाकाहरूमा संयुक्त गस्ती सञ्चालन गरेर नियन्त्रण तथा वन्यजन्तु संरक्षणका गतिविधि तीव्र बनाएका छन् । यस अभियानले वन्यजन्तु संरक्षण, चोरी सिकारी नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सकिने जनाइएको हो ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, संरक्षण, सहअस्तित्व आवाश्यक: प्रमुख राकेश कुमार चन्द्रवंसी

वन क्षेत्र नजिक रहेका मानव बस्तीमा वन्यजन्तु प्रवेश गर्ने क्रम बढ्दै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्वका घटना पनि बढिरहेको डिभिजन वन हेटौंडाका प्रमुख राकेश कुमार चन्द्रवंसी बताउँछन् ।
वन्यजन्तु मानव बस्तीमा आइपुग्दा दुवै पक्ष एकअर्कासँग डराउने अवस्था सिर्जना हुने भएकाले विभिन्न घटना तथा अप्रिय घटना हुने गरेको बताए । मानव र वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुहरूलाई वनमै सुरक्षित रूपमा बस्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेसँगै वन्यजन्तुको आहारा, पानी उचित बासस्थानको व्यवस्थापन गरेर दुवै सुरक्षित राख्ने तर्फ काम गरिरहेको बताए ।
वन क्षेत्र टुक्रिने, जंगल मासिने, बस्ती विस्तार हुने तथा जंगलबीच सडक र ठूला विद्युत् हाइटेन्सन लाइन निर्माण गरिनुले वन्यजन्तुले आफ्नो प्राकृतिक बासस्थानबाट भौतारिदै मानव बस्तीतर्फ पुगिरहेको प्रमुख चन्द्रवंसी बताउँछन् ।
मकवानपुरलाई हेर्दा पूर्वी क्षेत्रमा विशेषगरी चितुवाले कृषकका घरपालुवा जनावर, खसीबोका तथा पाठापाठी मारेर क्षति पु¥याउने गरेको छ । हामीले कृषकहरूलाई क्षतिपूर्ति वितरण गर्ने कार्यसमेत गरेका छौँ । “प्रमुख चन्द्रवंसीले भने”
त्यसैगरी गाउँबस्तीमा प्रवेश गरेका किङ कोब्रा, कोब्रा लगायत विभिन्न विषालु सर्पहरूको उद्धार गरी सुरक्षित रूपमा जंगल क्षेत्रमा छाड्ने कार्य पनि भइरहेको बताए । घाइते वन्यजन्तुको उद्धार, उपचार तथा पुनः उपयुक्त बासस्थानमा फर्काउने नीतिगत योजना समेत रहेको र वन्यजन्तु उद्धार तथा उपचारलाई प्रभावकारी बनाउन वन्यजन्तु उद्धार केन्द्र र उपचार केन्द्र स्थापना गर्ने योजना भए पनि कार्य सम्पन्न नभएको बताए । सो केन्द्रमा भेटेरिनरी डाक्टर, स्वास्थ्यकर्मी, वन्यजन्तु ओसारपसारका लागि एम्बुलेन्स तथा उपचार सेवाको व्यवस्था गर्ने लक्ष्य यसै आर्थिक वर्षभित्र पूरा गर्ने तयारी रहेका बताए ।
प्रमुख चन्द्रवंसी भन्छन् “वन्यजन्तुहरू पर्यावरणीय सन्तुलन तथा इकोसिस्टमका लागि अत्यन्त महत्वपूर्ण भएकाले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु मुख्य आवश्यकता रहेकाले संरक्षण मानव जीवनकै लागि वन्यजन्तु संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक छ ।”
………………………………………………………………………………………………
डिभिजन वन द्धारा गरिएको कामका केही अंस
























































प्रतिक्रिया दिनुहोस्