नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनका लागि मकवानपुर हेटौँडाका गोकर्ण प्रसाद पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशको पोखरामा जारी महासंघको सातौं राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न हुने तय भएको छ ।महाधिवेशनमा देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् ।
आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने महाधिवेशनका लागि नारायणी यातायात व्यवसायी संघको पूर्व अध्यक्ष मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी महार पूर्व अध्यक्ष, नेपाल ट्रक यातायात व्यवसायी महासंघ पूर्व महासचिव मकवानपुर उद्योग वाणिज्य संघ पूर्व वरिष्ठ उपाध्यक्ष र नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. हेटौंका अध्यक्षको जिम्मेवारीका पराजुली अहिले वरिष्ठ उपाध्यक्षको मेदानमा उत्रिएका हुन ।
व्यवसायीको हकहितका लागि प्रतिवद्धता व्यक्त गर्दै उम्मेदवारी दिएका हुन् । उनले विभाजित महासंघलाई एकताको सूत्रमा बाँध्ने र विभिन्न धार र संरचनामा रहेका यातायात सम्बन्धी महासंघ तथा संगठनहरूलाई एउटै बनाएर बलियो, एकीकृत र प्रभावकारी संगठन निर्माणको लक्षय रहेको बताएका छन् । महासंघ नै व्यवसायीको अधिकार सुनिश्चित गर्ने बलियो आधार भएकाले अधिक मजवुत बनाई हकहितमा काम गर्ने बताएका हुन् ।
उनले प्रतिवद्धता गर्दै महासंघको आफ्नै आधुनिक भवन निर्माण, संस्थागत मजबुती, गरिमा र पहिचान,आफ्नै आधुनिक भवन निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने राज्यसँग प्रभावकारी नीतिगत पैरवी, यातायात व्यवसायीहरूको पक्षमा राज्यसँग प्रभावकारी व्यवसायीमैत्री नीति निर्माण गराउन सशक्त भूमिका खेल्ने उल्लेख गरेका छन् ।
राज्वश्व कर, बीमा, जरिवाना, नवीकरण, बैंक ब्याज लगायत व्यवसायीका जटिल समस्याको समाधानमा निरन्तर खटिने र हरेक प्रकारका सवारी धनीहरूको साझा प्रतिनिधित्व गर्न पछि नपर्ने बताए ।
त्यस्तैगरि मालवाहक, यात्रुवाहक, इन्धन ढुवानी, साना तथा मझौला सवारीसाधन धनीहरू सबैको साझा आवाजका रूपमा अहोरात्र काम गर्ने महासंघ सम्पूर्ण यातायात व्यवसायीहरूको बनाउने बताएका हुन् ।
दुर्घटनापीडित व्यवसायीका लागि राहत प्रणाली सुदृढीकरण, यातायात क्षेत्रमा हुने कहालीलाग्दा दुर्घटनाबाट पीडित व्यवसायीहरूलाई राहत प्रदान गर्न छुट्टै कोष स्थापना गरी हित सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेको अनुभवलाई थप सुदृढ बनाउँदै आगामी दिनमा थप प्रभावकारी राहत प्रणाली निर्माणमा पहल गर्ने पराजुली बताउँछन् ।
भन्छन् “अनुभवको बल, इमानदारीको ढाल — व्यवसायीको भरोसा गोकर्ण प्रसाद पराजुली नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार गोर्कण पराजुली नै सक्षम । व्यवसायमैत्री यातायात क्षेत्र निर्माणको अभियानलाई अझ सशक्त बनाउन साझा एकताको पक्षमा निरन्तर संघर्षरत नेतृत्वको सम्मान गर्न अत्यधिक मतका साथ विजयी गराउनुहुन्छ भन्ने विश्वास छ ।”

…………………………………………….























प्रतिक्रिया दिनुहोस्