हेटौंडा । मकवानपुर भीमफेदी गाउँपालिकामा छैटौं संस्करणको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिता सुरु भएको छ । बिहीबारबाट सुरु भएको पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धाटन गाउँपालिकाका अध्यक्ष हिदम लामाले गरेका छन् ।

प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय, महालक्ष्मी माध्यमिक विद्यालय, श्री माध्यमिक विद्यालय,राष्ट्रिय माध्यमिक विद्यालय, श्री कृष्ण माध्यमिक विद्यालय ,बाराही माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय ,लेकाली र बसिफाँट माध्यमिक विद्यालयको सहभागिता रहेको छन् ।

गाउँपालिकाको सिमलटार खेल भएको प्रतियोगिताको उद्घाटन समारोहमा विद्यार्थीहरूले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए । महेन्द्र किरण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरमान श्रेष्ठको सभाध्यक्षमा भएको उद्धाटन कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी