हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर राज्य अगाडि बढेर बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौंडामा भएको राष्ट्रिय जनसंख्या नीति सार्वजानीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री किरण थापाले संघीय, प्रदेश र स्थानीय तहको सरकारले यी ३ कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेपनि युवाहरुलाई रोजगारी प्रदान गर्न नसकेको जीकिर गरेका हुन् ।
उनले झण्डै २२ लाख भन्दाबढी नेपालीहरु स्वदेशमा रोजगारी नपाएको कारणले बाहिरी मूलूकमा जान बाध्य भएको बताए । युवाहरुलाई रोजगारी दिनका लागि प्राथमिकीरणमा राखेर ३ वटै तहको सरकार अगाडि बढेमा युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सक्ने बताउँदै यसका लागि राष्ट्रिय जनसंख्या नीतिले महत्वपूर्ण भूमिका खेल्जे सक्ने धारण राखे ।
देशमा सन्तुलित विकास नभएको कारणले सामुदायिक भवनहरुको निर्माण भएको बताए । कति ठाउँमा सामुदायिक विद्यालय बन्दा गाउँहरु खाली भएको उनले बताउँदै उनले भने, त्यहाँ राज्यको स्रोतको दुरुपयोग भयो । सहरीकरण बढी भएको ठाउँहरुमा भौतिक संरचना, पूर्वाधारलाई पुरा गर्न जनप्रतिनिधिलाई समस्या भएको उनको भनाई छ ।

















प्रतिक्रिया दिनुहोस्