तेक्वान्दो प्रतियोगितामा सहभागी भएका मकवानपुरको टिमहरु ।

हेटौंडा । पाँचौं संस्करणको खुल्ला नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा शुक्रबारबाट सुरु भएर शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको हो । काठमाडौंको कीर्तिपूरस्थित त्रिभुवन विश्व विद्यालयको कीर्तिपूर स्मृति भवनमा सम्पन्न भएको प्रतियोगितामा टिम मकवानपुरले २६ पदक हासिल गर्न सफल भएको हो । टिम मकवानपुरले १३ वटा स्वर्ण, ४ वटा रजत र ९ वटा पदक हासिल गर्न सफल भएको बताइएको छ । प्रतियोगितामा नेशनल तेक्वान्दो एकेडेमी पहिलो हुँदा सेनितपूर तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।

प्रतियोगितमा क्रियटिभ तेक्वान्दो डोजाङकी खेलाडी ईच्छा विष्टले केरोगी, एकल पुम्से र जोडी पुम्से मा ३ वटा स्वर्ण पदक टिम मकवानपुरलाई दिलाउन सफल भइन् । आरुषी पराजुलीले पुम्सेमा १ स्वर्ण र केरोगीमा १ रजत जित्न सफल भएकी छिन् । प्रिन्सप ढकालले जोडी पुम्सेमा १ स्वर्ण र एकल पुम्सेमा १ काँस्य जितेकी छिन् ।  रिवानी अधिकारीले टिम पुम्सेमा १ स्वर्ण, तिलक विश्वकर्माले क केरोगीमा १ कास्य पदक , सुवर्ण न्यौपाने केरोगीमा १ काँस्य र दिपन सापकोटाले केरोगीमा १ काँस्य पदक जितेका छन् ।

उक्त प्रतियोगितामा हेटौंडा–१७,हटियास्थित क्रियटिभ तेक्वान्दो डोजाङबाट ८ जना खेलाडीहरुको सहभागी भएका थिए । प्रतियोगितामा टिम प्रशिक्षकको भूमिका दिपन सापकोटा र टिम अफिसियलको भूमिकामा भोजराज पराजुली रहेका थिए । प्रतियोगितामा सहभागी हुनका लागि अफिसियलसहित २८ जना काठमाडौं प्रस्थान भएका थिए । प्रतियोगितामा नेपाल, छिमेकी मूलूक भारत र वंगलादेशबाट खेलाडीहरु सहभागी भएको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिता करिब २०० जनाको हाराहारीमा खेलाडीहरु सहभागी भएको जनाइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडी स्वर्ण, रजत र काँस्यपदक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई १७ नम्बर वडा कार्यालयले ३० हजार रुपैयाँ बराबरको ट्रयाक प्रदान गरिएको थियो । राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय महासचिव राशेक कुमार राइको सभाध्यक्षमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेपा) का अध्यक्ष बब्लु गुप्ताको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।

रातो समाचार संवाददाता
थप जानकारी