हेटौंडा । नेकपा एमाले निकट स्वास्थ्य संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरले डेस्क सञ्चालन गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४,स्थित पशुपति मन्दिरको परिसरमा हरितालिका तीजको अवसर पारेर निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको हो । तीजको ब्रत बजेर मन्दिरमा पूजा गर्न आएका महिलाहरुलाई विशेष रुपमा प्राथमिकता दिएर हेल्ड डेस्क सञ्चालन गरेको स्वास्थ्यकर्मी महासंघ मकवानपुरले जनाएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधि पनि वितरण गर्नेगरी सञ्चालन गरेको हेल्थ डेस्कबाट २ सय २७ जनाले सेवा लिएका थिए । मंगलबार बिहान ७ बजेबाट दिउँसो २ बजेसम्म हेल्ड डेस्क सञ्चालन गरिएको हेल्थ डेस्कमा सुगर परीक्षण, रक्तचाप (प्रेसर) जाँच, र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरेको बताइएको छ । ब्रतको दिन खाली पेट बस्दा हुने स्वास्थ्य समस्या र असहजतालाई मध्यनजर गर्दै महासंघले हेल्थ डेस्क संचालन गरेको जनाएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरका अध्यक्ष उत्सब चौलागाईंले तीजको अवसरमा विशेष गरी ब्रत बस्ने महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै हरेक वर्ष यस्तो हेल्थ डेस्क सञ्चालन गर्दै जानकारी गराएका छन् । हेल्थ डेस्कमा बागमती प्रदेश सचिव सुशिल आचार्य, जिल्ला उपाध्यक्ष लक्ष्मी पौडेल र सानी मोक्तान, हेटौंडा नगर अध्यक्ष कुसुम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।



























प्रतिक्रिया दिनुहोस्