हेटौंडा । सिस्नुपानी मकवानपुरले गाइजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना गरेको छ । बुधबार हेटौंडा–४,स्थित ओम्याक्स सिनेमा हलमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा गर्तवर्ष झै कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रममा सहभागी हुनका लागि प्रवेश पासको व्यवस्था गरिएको सिस्नुपानी मकवानपुरले जनाएको छ । भाषा, साहित्य र सँस्कृतिको प्रवद्र्धन,
कला र कलाकारको सम्मान हाम्रो अभियान“भन्ने मूलनाराका साथ कार्यक्रमको आयोजना गर्दै आएको वडाध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
कार्यक्रममा प्यारोडी गायन, नृत्य, नकारात्मक राजनीतिक सम्बन्धीत व्यङ्ग्यात्मक प्रस्तुती, कविता वाचन लगायतको प्रस्तुती गरिएको थियो । संस्थाका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने, सदस्य सुवास सजल, डीबी बर्तौला, सुमार्गी हुमागाईं, विशेषथा अधिकारीले लगायतले मनोरञ्जनात्मक र व्यङ्ग्यात्मक नाटकको प्रस्तुती गरेका थिए । यस्तै सागर तिमल्सिना र अजर फूयाँलले गायनको प्रस्तुती गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति ललित बहादुर घलान, ११ नम्बरकी वडाध्यक्ष जुना दहालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममै संस्थाका निवर्तमान अध्यक्ष लामिछानलाई सम्मान गरिएको थियो । आफ्नो कार्यकालदेखि कार्यक्रममलाई निरन्तरता दिँदै आएको कामको कदर गर्दै उनलाई सम्मान गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्