हेटौंडा । नेपाल यादव सेवा समिति मकवानपुरले श्रीकृष्ण जन्माष्ठमीको पूजात्सव सम्पन्न गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तथा यादव सेवा समितिको सभाध्यक्षमा जन्मत्सवको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा (भजन, कीर्तन, प्रसाद वितरण, शुभकामना, कृष्णलीला, उत्कृष्ट विद्यार्थीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाध्यक्ष फूर्वा दोर्ज लामाको उपस्थिति रहेको थियो ।